नियम
सानातिना रकमको भुक्तानी
ऐनको दफा ८ को उपदफा (३) को खण्ड (घ) वा दफा २१ को स्पष्टीकरणको खण्ड (क) को उपखण्ड (२) को (ग) मा उल्लिखित साना तिना रकमको भुक्तानी गर्दा चिया खर्च, स्टेशनरी, बक्सिस, पुरस्कार, आपतकालिन औषधोपचार तथा विभागले तोकेका यस्तै प्रकारका भुक्तानी बापत भुक्तानीकर्ताले एक पटकमा पाच सय रुपैयासम्म भुक्तानी गर्न सक्नेछ ।